अर्थ/बजारबुधवार, माघ १०, २०७४

पुनःनिर्माणमा हिमालयन ब्यांकको एक करोड

हिमालखबर

हिमालयन ब्यांक लिमिटेडले पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि एक करोड रुपैयाँ प्रदान गरेको छ ।

ब्यांकको २५औं वार्षिक उत्सवको अवसरमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. एक करोड हस्तान्तरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुनःनिर्माणमा सहयोग गरेको ब्यांकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस