पुतलीसडकमा स्मार्ट सेन्टरको शुरुआत
स्मार्ट सेलले काठमाडौंको पुतलीसडकमा स्मार्ट सेन्टरको शुरुआत गरेको छ ।
८ माघमा कम्पनीका अध्यक्ष सर्वेश जोशीले सेन्टरको उद्घाटन गरेका हुन् ।
ग्राहकहरुलाई सहज रुपमा सेवा दिन तथा आफ्नो सेवाको बारेमा जानकारी दिन सेन्टरको शुरुआत गरेको कम्पनीले जनाएको छ ।
हालै फोर–जी सेवा शुरु गरेको स्मार्ट सेलले छिट्टै भक्तपुरमा पनि सेन्टर स्थापना गर्ने जानकारी दिएको छ ।
१ जुलाई २००८ मा स्थापना भएको स्मार्ट सेलले नेपालको ग्रामीण भेगमा सेवा प्रवाह गरिरहेको छ । कम्पनीले सन् २०१३ मा एकीकृत लाइसेन्स पाइसकेको छ ।