युवा उद्यमी अग्रवालको निधन
युवा उद्यमी मनिषकुमार अग्रवालको ४५ वर्षका उमेरमा आज निधन भएको छ ।
रक्त अर्बुदरोग (ब्लड क्यान्सर) को उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा अग्रवालको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक स्व अग्रवालका श्रीमती र एक छोरा छन् ।