एनआरएनए नाइजेरियाद्वारा अफ्रिकाका विद्यार्थीहरुलाई सहयोग
गैर आवासिय नेपाली संघ (एनआरएनए) नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलका विद्यार्थीहरुलाई खाद्यान्न लत्ताकपडा लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
तिहारमा खेलिएको देउसीबाट संकलित रकम परोपकारी कार्यमा खर्च गरिएको अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा थापाका साथै संघका नाइजेरिया अध्यक्ष जनक बिष्ट, आइसीसी सदस्य चिरञ्जीवी रोका, महिला उप–संयोजक मन थापाको उपस्थिति थियो ।
त्यसैगरी उपाध्यक्षहरु उर्मिला रोका र विश्वास पौडेल, महासचिब रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल तथा सदस्यहरु दुर्गा बिस्ट, आशा सरकार लगायतको उपस्थिति थियो ।
सन् १९६० मा स्थापित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका विद्यार्थीहरु आवाशिय रुपमा अध्ययनरत छन् ।