बीबीए कप फुटबल दोस्रो चरणमा
के एण्ड के कलेजले आयोजना गरेको बीबीए कप फुटबल दोस्रो चरणमा प्रवेश गरेको छ ।
पहिलो चरणमा सहभागी भएका २० वटा कलेजमध्ये दोस्रो चरणमा १० कलेज पुगेका छन् ।
७ माघ अर्थात् आइतबारदेखि दोस्रो चरणको खेल हुनेछ ।
नयाँ बानेश्वरमा रहेको के एण्ड के कलेजले आयोजना गरेको बीबीए कपमा काठमाडौं उपत्यकाका १६ र मोफसलका ४ कलेज सहभागी भएका छन् ।
बीबीए कप फुटबललाई पेप्सीले प्रायोजन गरेको छ भने सह–प्रायोजकको रुपमा अप्रिलिया स्कूटर र मित्सुबीसी मोटर्स रहेका छन् ।