खेलकुदशुक्रवार, माघ ५, २०७४

छैटौँ राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो शुरु

हिमालखबर

धनकुटाको  हिलेमा छैटौँ राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । 

धनकुटा नगरपालिका–१ हिले कबर्ड हलमा राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा भएको प्रतियागितामा नेपालका विभिन्न जिल्लाका १७० खेलाडी सहभागी छन् ।

प्रतियोगितामा १६ तौल समूह विभाजन गरिनाका साथै १८ पुम्से गरी ३४ इभेन्ट (विधा)मा खेल खेलाइने आयोजकले जनाएको छ । 

प्रतियोगितामा ३४ –३४ स्वर्ण र रजत तथा ६८ कास्य गरी १३६ पदकका लागि प्रतिष्पर्धा हुने तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

दुई दिन सञ्चालन हुने प्रतियोगितामा विजयी खेलाडीले साफ गेम प्रतियोगिता छनोटमा भाग लिन पाउने आयोजक समितिले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस