ओली दाहालबीच छलफल, ७ माघमा पार्टी एकता संयोजन समितिको बैठक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
ओली निवास बालकोटमा झण्डै तीन घण्टा भएको छलफलमा पार्टी एकता, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा पनि छलफल गरेको अधिकारीले बताए ।
छलफलमा पार्टी एकतालाई टुङ्गोमा पु¥याउन ७ माघमा पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । रासस