लाटोकोसेरो संरक्षणका लागि उत्सव
दोलखाको जिरीमा लाटोकोसेरो संरक्षणका लागि उत्सव हुने भएको छ ।
विश्वमै दुर्लभ मानिने लाटोकोसेरो र हुचिलको संरक्षणका लागि १९ र २० माघमा उत्सव हुने भएको हो ।
मुसा खाएर बालीको संरक्षणमा योगदान दिने लाटोकोसेरो संरक्षणका लागि उत्सवको आयोजना गरिएको ‘प्रकृतिका साथी’ नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
लाटोकोसेरोले मुसाका साथै किरा फट्याङग्रा, सर्प तथा भ्यागुता खाने गर्दछ । पर्यावरणलाई सन्तुलनमा राख्न लाटोकोसेरो र हुचिलको ठुलो भूमिका रहेको आचार्यले बताए ।
चोरी शिकारी र बासस्थानको अभावको कारण संकटमा पर्दै गएकोले विगत ७ वर्षदेखि उत्सवको रुपमा लाटोकोसेरो संरक्षण अभियान थालिएको आचार्यले जानकारी दिए ।
चोरी शिकारी र बासस्थानको अभावको कारण नेपालमा ८ प्रजातिका लाटोकोसेरो तथा हुचिलको संख्या कम हुँदै गएको ‘प्रकृतिका साथी’ संस्थाका वन्य जन्तु अनुसन्धान निर्देशक यादव घिमिरेले बताए ।
युवराज श्रेष्ठ