फिफा वरियतामा नेपाल ६ स्थानमाथि उक्लियो, दक्षिण एसियामा चौथो
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल १६५ औं स्थानमा उक्लिएको छ । ११५ अंक जोडेको नेपाल ६ स्थानमाथि आउन सफल भएको हो ।
दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।
भारत १०२
अफगानिस्तान १४८
माल्दिभ्स १५०
नेपाल १६५
भुटान १८८
बंगलादेश १९७
श्रीलंका २००
पाकिस्तान २०१
विश्व वरियताको पहिलो नम्बरमा जर्मनी, दोस्रोमा बाज्रील, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौमा बेल्जियम छ ।