प्रदेश प्रमुखबारे नयाँ सरकारले पुनर्विचार गर्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुखको बारेमा नयाँ सरकारले पुनर्विचार गर्नसक्ने बताएका छन् ।
थाइल्याण्डमा स्वास्थ्य परीक्षण गराई स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकारले पुनर्विचार गर्नसक्ने बताएका हुन् ।
राजधानी तय गर्न प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको पक्ष र विपक्षमा आन्दोलित हुन आवश्यक नभएको ओलीले बताए ।
त्यस्तै माओवादी केन्द्रसँगको एकतामा कुनै भ्रम र अन्योल नरहेको दाबी गरे ।
ओली स्वास्थ्य परीक्षणका लागि २६ पुसमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।