धनकुटामा निषेधाज्ञा जारी, सरकारी कार्यालयमा तोडफोड र आगजनी
सरकारले प्रदेश- १ को अस्थायी केन्द्र विराटनगरलाई बनाएको विरोधमा बिहानैदेखि धनकुटामा तोडफोड र आगजनी हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बिहान साढे ११ बजेदेखि लागू हुने गरी पूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म र दक्षिणमा पातले खोलासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् ।
धनकुटामा सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट थप सुरक्षाकर्मी समेत मगाइएको छ ।
केही सातादेखि प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए।
प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको थियो भने प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।
प्रदर्शनकारीले क्षेत्रीय कार्यालय, डिभिजन कार्यालय, वारुण यन्त्र लगायतमा तोडफोड गरेका छन् ।