निशानको ‘न्यू टेरानो’ सार्वजनिक
नेपालका लागि निशान गाडीहरुको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ‘न्यू टेरानो’ सार्वजनिक गरेको छ ।
न्यू टेरानोमा डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रिन नेभिगेसन सिस्टम, स्टिेरिङ्ग माउण्टेड अडियोलगायतका विशेषता रहेका छन् ।
त्यसैगरी वान टच लेन चेन्ज इन्डिकेटर, एन्टी पिच ड्राइभर साइड विन्डो र न्यू स्टेरिङ्ग व्हिल लगायतका विशेषताहरु छन् ।
टेरानो एक्सएलपीको मूल्य .४२ लाख ९९ हजार तोकिएको छ । त्यस्तै एक्सभीडी प्रि–११० पीएसको ५३ लाख ९९ हजार मूल्य रहेको छ ।
टेरानो काठमाडौं उपत्यका बाहिर मात्रै आठ स्थानबाट विक्री भइरहेको छ ।
यसमा २०५ मीमीको ग्राउण्ड क्लिरेन्स, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मीटरको टर्निङ रेडियस रहेको छ । त्यस्तै टेरानोले १९.६४ किलोमीटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।