सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी केन्द्र
सरकारले सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।
त्यसैगरी प्रदेश १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर तोकिएका छन् ।
त्यसैगरी प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गा खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रमुख तोकिएका छन् ।