गायक ओमविक्रम बिष्टलाई सहयोग हस्तान्तरण
पप गायक ओमविक्रम बिष्टलाई उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नेपाली अमेरिकन कलाकार संघ र रिभेल इभेन्ट्ले ‘ओमविक्रम बिष्ट सहयोग साँझ’ कार्यक्रम मार्फत संकलित छ हजार १८९ डलर हस्तान्तरण गरेका हुन् ।
आयोजक नेपाली अमेरिकन कलाकार संघका महासचिव अभय ढुंगेलका अनुसार कार्यक्रमबाट उठेको सात हजार १८९ डलरमध्ये एक हजार डलर मृगौला रोगबाट पीडित संगीतकार पूर्ण गुरुङलाई सहयोग गरिने छ ।
६३ वर्षीय गायक ओमविक्रम बिष्ट दुवै मृगौला खराब भएपछि उपचारको क्रममा छन् ।
कलाकारहरुको टोलीले सहयोग गरेकोमा विष्टले खुशी व्यक्त गरे ।
न्यूयोर्कमा सम्पन्न कार्यक्रममा सिर्जना स्याङदन, राजेश हमाल, अभय ढुंगेल, राम श्रेष्ठ, शिशिर श्रेष्ठ, न्हुच्छेमान डंगोल लगायतले प्रस्तुति दिएका थिए ।
ङिमा पाख्रिन, अमेरिका