धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संङ्ख्या १८ पुग्यो
धादिङको मार्पाक–६ लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङ्ख्या १८ पुगेको छ ।
सदरमुकाम धादिङवेशीबाट किन्ताङफेदी तर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस आज, ११ असोज विहान करिब सवा ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनाका घाईते १३ जनालाई उपचारका लागि हेलिकप्टबाट काठमाडौं लगिएको छ ।
बस कच्ची सडकबाट ३ सय मिटर तल आँखुखोलाको किनारामा खसेको छ ।
सदरमुकाम धादिङस्थित मिलनटोल बसपार्कबाट बसमा ३५ जना यात्रु चढेको भए पनि विचबाटोमा थपिएको हुनसक्ने भएकाले बसमा कति जना सवार थिए भन्ने कुराको एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
पहिरो गएर थुनिएको सडक स्थानीयबासीले पन्छाएर बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।
घटनास्थल सदरमुकाम धादिङेशीबाट ५ घण्टाको पैदल दूरीमा छ ।
सानुबाबु तिमिल्सिना, धादिङ