थप समाचारशनिवार, पौष २९, २०७४

कक्षा ११ को नतिजा सार्वजनिक

हिमालखबर


राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी थिए  । बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको  परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । 

गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको पनि उनले बताए । 

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । 

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए  ।

एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् । 

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । 
रासस
 
 
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस