एमालेले तय गर्यो राष्ट्रियसभाका उम्मेदवारको मापदण्ड
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालय बैठकले भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो ।
पार्टीमा लामो योगदान गरेका, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएका नेतालाई उम्मेदवार बनाउने एमालेले जनाएकाे छ ।
त्यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका नेतालाई प्राथमिकता दिइने भएको छ ।
२४ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि एमाले र माओवादी केन्द्रको तालमेल हुनेछ ।