नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान व्यूरोले कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाली एक हजारको नक्कली नोट बनाइरहेका भारत पिलिभितका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक केशव जोशीका अनुसार उनीहरुको साथबाट एक हजारको नोट बनाउन प्रयोग गरिने कागज, केमिकल र मेसिनसमेत प्राप्त भएको छ ।
दुबैजना लामो समयदेखि नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । रासस