पावर इन्भेष्टमेण्ट समिट हुँदै
इनर्जी डेभलपमेन्ट काउन्सिले १३ देखि १५ माघमा नेपाल पावर इन्भेष्टमेण्ट समिटको आयोजना गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्ता, विज्ञ, नीतिनिर्माता आदिको सहभागिता हुनेछ ।
सम्मेलनमार्फत जलविद्युत् सहितका नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी जुटाउन मद्दत मिल्ने काउन्सिलका अध्यक्ष सुजित आचार्यले जानकारी दिए । “लगानी खोजिरहेका ऊर्जाका प्रवद्र्धकहरुले विदेशी लगानीकर्ता कम्पनी र ब्यांकसँग साझ्ेदारी गर्ने अवसर पाउनेछन्,” उनले भने ।
१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने पहलस्वरुप लगानीकर्ताका लागि अवसरको सिर्जना गर्न सम्मेलन आयोजना गर्न लागिएको आचार्यले बताए ।
सम्मेलनमा सार्क र विमस्टेकका ऊर्जा क्षेत्रका उच्च अधिकारीहरुका साथै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुका पदाधिकारीहरुको सहभागिता हुनेछ ।
संस्थाले सन् २०१६ मा आयोजना गरेको यस्तै कार्यक्रममा दुई सयभन्दा बढी विदेशी लगानीकर्ता, अर्थशास्त्री, परामर्शदाता, विज्ञ तथा निर्माण व्यवसायीले सहभागिता जनाएका थिए ।