सन्राइज ब्यांकको नयाँ शाखा सानेपामा
सन्राइज ब्यांक लिमिटेडले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ ।
२६ पुसमा एक समारोहकाबीच नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
सानेपासँगै सन्राइज ब्यांकका देशभर ७२ वटा शाखा, ९१ वटा एटीएम र तीनवटा एक्सटेन्सन काउन्टर भएका छन् । सन्राइजले हाल १८ वटा शाखारहित ब्यांकिङ सेवा मार्फत सेवा गर्दै आइरहेको छ ।