इस्लिङटन कलेजमा एमबीएको शुरूआत
इस्लिङटन कलेजले एमबीए तहको पढाइ शुरुआत गरेको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एमबीए तहको पढाइ शुरु गरिएको कलेजले जानकारी दिएको हो ।
इस्लिङटनमा एमबीए पढ्ने विद्यार्थीहरुलाई चीन र थाइल्याण्डमा अतिरिक्त समय अध्ययनको व्यवस्था गरिएको छ ।
एमबीए तहको सम्बन्धन बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट लिएको कलेजले जनाएको छ ।
एमबीएमा व्यापारससँग सम्बन्धित नयाँ विषय समेत समेटिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिए । ब्यांकिङ, अर्थ र व्यापारिक क्षेत्रसँग सम्बन्धित भएकोले एमबीए रोजगारमूलक भएको बुढाथोकीले जनाए ।
अनुसन्धानमा आधारित भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र एमबीए अध्ययन गर्न पाउने भएका छन ।
इस्लिङटनबाट एमबीए पुरा गर्न पाँच लाख ५० हजार तथा चीन र थाइल्याण्डको अतिरिक्त कोर्षका लागि करीब ८ लाख ५० हजार रुपैयाँ लाग्ने कलेजले जनाएको छ ।
इस्लिङटन कलेजले २२ वर्षदेखि नेपालमै बेलायती शिक्षाको अध्यापन गराइरहेको छ ।