जेसीबीका तीन नयाँ एस्काभेटर
नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर नेपाल भित्र्याएको हो ।
नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस २०५, जेसीबी २२० एलसी एक्स्ट्रा यसअघि नै उपलब्ध छन् ।
अब जेसीबीका फरक–फरक प्रकृतिका सात प्रकारका एस्काभेटर बजारमा छन् ।
एमएडब्लुले २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकहरुलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ ।