डा केसीलाई सर्वोच्च लगियो, बहस हुँदै
अदालतको अवहेलना मुद्दा खेपिरहेका डा गोविन्द केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालत लगिएको छ ।
डा. गोविन्द केसीको मुद्दामा आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस हुँदैछ । शुरुमा डा केसीले इजलास समक्ष आफ्ना कुरा राख्ने र त्यसपछि वकिलहरुले बहस गर्ने तयारी भएको डा केसीका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
हिजो उक्त मुद्दामा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले डा केसीको बयान लिएको थियो । सोमबार, २४ पुस रातिदेखि प्रहरी हिरासतमा रहेका केसीको स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो बयान सकिएलगत्तै प्रहरीले उनलाई वीर अस्पताल लगेको थियो।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै डा. केसीले २४ पुस दिउँसोदेखि अनशन शुरु गरेका थिए।