कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वप्रकाशलाई
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि दिलेन्द्रप्रसाद वडू प्रवक्ता रहेको कांग्रेस २०७१ फागुनमा पार्टी महाधिवेशनपछि प्रवक्ताविहीन थियो।