डा केसीलाई अदालतमा उपस्थित गराइयो
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग बयानका लागि प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।
अदालतको अवहेलना गरेको भन्दै डा केसीलाई बयानका लागि उपस्थित गराउन सर्वोच्चले आदेश दिएपछि हिजो बेलुका डा केसीलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त, सिंहदरवार राखेको थियो ।
सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएको विरोधमा डा केसीले सोमबार, २४ पुसदेखि अनसन शुरु गरेका थिए ।
उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।
डा. केसी पक्राउको विरोधमा प्रदर्शन
यता डा. केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको उपस्थिति थियो ।
*सच्याइएको