दाउन्नेमा सडक दुर्घटना एकको मृत्यु, सात घाइते
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा पाँचवटा सवारी साधन एकआपसमा ठक्किंदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाउन्नेबाट दुम्किबासतर्फ जाँदै गरेको लु ३ त ४५०० नम्बरको ट्रयाक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार सातजना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकी विनयी त्रिवेणी–२ की ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किबास प्रहरीले जनाएको छ ।
ट्रक र ट्रयाक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना ३ ख ५९३६ नम्बरको ट्रक, लु ३ च ५३२२ नम्बरको जिप र ना ६ ख ५४२९ नम्बरको ट्रक पनि ठोक्किएका थिए । रासस