डा गोविन्द केसी पक्राउ
प्रहरीले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आजदेखि अनशन शुरु गरेका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।
प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अदालतको अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार, २५ पुस बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।
आदेश अनुसार भोलि विहान डा केसीलाई सर्वोच्चमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।