मनाङको तापक्रम माइनस १६ डिग्री
हिमाली जिल्ला मनाङको तापक्रम माइनस १६ डिग्रीमा झरेको छ ।
अत्यधिक चिसोका कारण खानेपानीदेखि खोलाको पानीमा समेत बरफ जमेको छ ।
अधिकांश तालमा मानिस नै हिड्न सक्ने गरी बरफ जमेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् ।
बाह्रै महिना चिसो हुने भएपनि पुस, माघको जाडो छल्न स्थानीयहरु अन्यत्रै जाने गर्दछन् ।
चिसोका कारण मनाङका अधिकांश गाउँ सुनसान भएका छन् ।
मंसिरको अन्तिम साताबाट सुनसान हुने भएकाले मनाङका विद्यालयसमेत जाडोको मौसममा झण्डै तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले जानकारी दिए । रासस