प्याब्सन पूर्व अध्यक्ष डा पोखरेलको निधन
भीएस निकेतनका संस्थापक तथा प्याब्सनका पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको आज निधन भएको छ ।
मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६:०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७:१५ बजे नर्भिक अस्पताल पुर्याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।
भिएस (विनायकसुधा) निकेतन विद्यालयका संस्थापक प्रिन्सिपल ६७ वर्षीय डा पोखरेलको मुटुको शल्यक्रिया समेत भएको थियो ।
उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् समेत थिए ।