तेस्रो दिन पनि रुपन्देही ठप्प
व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा आज तेस्रो दिन पनि रुपन्देही ठप्प छ ।
एमाले भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले हत्यामा संलग्नलाई पक्राउ र कारबाहीको माग गर्दै २१ पुसदेखि अनिश्चितकालिन रुपन्देही बन्द गराएका हुन् ।
सुरक्षाको माग गर्दै घटनास्थल देवदहका स्थानीय बासिन्दासमेत सडकमा उत्रिएका छन् ।
पौडेलका आफन्त हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडानमा छन् ।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग ठप्प छन् ।
पौडेलको २१ पुसमा देवदह–२ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र संघीय इकाई कार्यालय भैरहवाको टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् ।
दीपक ज्ञवाली,बुटवल