कला/साहित्यशनिवार, पौष २२, २०७४

न्यूयोर्कमा ओमविक्रम बिष्ट सहयोग साँझ

हिमालखबर

तस्वीर: ङिमा पाख्रिन

अमेरिकाको अस्पतालमा उपचाररत पप गायक ओमविक्रम बिष्टको सहयोगका लागि न्यूयोर्कमा ‘ओमविक्रम बिष्ट सहयोग साँझ’ आयोजना गरिएको छ ।

नेपाली अमेरिकन कलाकार संघ र रिभेल ईभेन्ट्ले न्यूयोर्कको ज्याक्सन हाईटस्थित शेर्पा किदुग हलमा कार्यक्रमको आयोजना गरेको हो ।

सिर्जना स्याङदन, राजेश हमाल, अभय ढुंगेल, राम श्रेष्ठ, शिशिर श्रेष्ठ, न्हुच्छेमान डँगोल, दावा शेर्पा सहितको टोलीको पहलमा भएको कार्यक्रमबाट ५ हजार २३७ डलर संकलन भएको आयोजकले जनाएको छ ।

थप रकम संकलन गरी गायक बिष्टलाई हस्तान्तरण गरिने नेपाली अमेरिकन कलाकार संघका महासचिव अभय ढुंगेलले बताए ।

कार्यक्रममा सपनाश्री, तिलक बम मल्ल, गम्बु शेर्पा, पुनम प्रधान, गीता बिर्लाकोटी, न्हुछेमान डंगोल, संगीता मुखिया, बिमल डाँगी, राम श्रेष्ठ, राजेन्द्र राई, बिक्की पुलामी, पूजा न्यौपाने, सानु शेर्पा, विश्व तेन्जिङ, यशोदा खालिङ राई, वसन्ती राई, रानी श्रेष्ठ, सुरेन्द्र बास्तोला, सुवर्ण शाक्य, अनु खड्का लगायतका कलाकारको प्रस्तुति थियो ।

साथै बिट्स ब्यान्डका रोकेश गुरुङ, ठिले थकाली र रिञ्जी शेर्पाले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

दुवै मृगौलामा समस्या आएपछि ६३ वर्षीय पप गायक बिष्ट अमेरिकामा उपचाररत छन् ।
ङिमा पाख्रिन, अमेरिका

प्रतिकृया दिनुहोस