सत्य निरुपण र वेपत्ता आयोगको म्याद एक वर्ष थपिने
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।
२६ माघसम्म विस्तारित म्याद भएका यी दुवै आयोगको म्याद थप्न कानून संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानून मन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका छन् ।
अब बन्ने संसदले यी दुई आयोगको कार्यवधि विस्तारमा काम गर्न नभ्याउने हुनाले अध्यादेश सिफारिस गर्नुपरेको उनले बताए ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी र प्रमुख तोक्ने भनिए पनि अर्को क्याविनेट बैठकमा मात्रै यसबारे निर्णय हुने भएको छ ।
बैठकले राष्ट्रिय सभाको चुनाव २४ माघमा गर्ने पनि निर्णय गरेको छ ।