२४ माघमा राष्ट्रिय सभाको निर्वाचन
सरकारले २४ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले २४ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले २६ माघमा म्याद सकिन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न अध्यादेश ल्याउने निर्णयसमेत गरेको छ ।