दाङ–काठमाडौं हवाईसेवा सञ्चालन हुने
लामो समयदेखि अवरुद्ध दाङ–काठमाडौं हवाईसेवा पुनः सञ्चालन हुने भएको छ ।
२३ पुसदेखि समिट एयरले दाङको तुलसीपुरदेखि काठमाडौंका लागि हप्तामा दुईपटक उडान भर्ने भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको सक्रियतामा अवरुद्ध हवाई सेवा पुनःसञ्चालनमा आउन लागेको हो ।
२३ पुसदेखि शुरु हुने उडानका लागि टिकट बुकिङ पनि खुला गरिएको छ ।
तत्कालका लागि तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र केही समयमै एजेन्सीमार्फत टिकट बिक्री गर्ने काम शुरु हुने नगरप्रमुख पाण्डेले जानकारी दिए ।
दाङ–काठमाडौंको एकतर्फी भाडा रु सात हजार २०० निर्धारण गरिएको छ । रासस