पौडेल हत्याको विरोधमा बुटवल बन्द, मनोज पुनले लिए घटनाको जिम्मेवारी
व्यवसायी वसन्त पौडेल हत्याको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले बुटवल बन्दको घोषणा गरेका छन् ।
हत्यारालाई पक्राउ र कारबाहीको माग गर्दै एमालेका दुई भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले बन्दको घोषणा गरेका हुन् ।
आज बिहान ११ बजे रुपन्देहीको ढेकेबार खैरेनीमा व्यवसायी वसन्त पौडेलको गोली हानी हत्या गरिएको थियो ।
पौडेलको उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा मृत्यु भएको थियो ।
आफ्नै काठ मिलमा बसिरहेका बेला पौडेलमाथि गोली प्रहार भएको थियो ।
एक बर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त र दुर्गा नजिकका साथी थिए ।
घटना लगत्तै मलेशियाको नम्बरबाट फोन गरेर मनोज पुनले हत्याको जिम्मा लिएका छन् ।
तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले पुष्टि गरिसकेको छ ।
पुन प्रहरीको फरार सूचिमा छन् ।
दीपक ज्ञवाली, बुटवल