बाजेको सेकुवा अब न्यूयोर्कमा
नेपालमा लोकप्रिय बनेको ब्राण्ड बाजेको सेकुवा अमेरिकाको न्यूयोर्कमा खुल्ने भएको छ ।
बाजेको सेकुवाले न्यूयोर्कमा रहेको नेपाली व्यावसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त व्यावसायिक समुहमा दीपक भण्डारी, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेशबहादुर भट्टराई र गणेश लम्साल रहेका छन् ।
बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार हाल नेपालमा १३ वटा शाखा रहेका छन् ।
न्यूयोर्कको शाखा अन्तर्राष्ट्रिय स्तरको पहिलो शाखा बनेको छ ।
बजेको सेकुवाले आउँदो ६ वर्षभित्र अमेरिकामा ७ वटा शाखाहरु विस्तार गर्ने योजना लिएको छ ।
बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि शाखाहरु विस्तार गर्ने तयारी गरेको छ ।