रुपन्देही गोली काण्डका घाइतेको मृत्यु
रुपन्देहीको ढेकेबार खैरेनीमा गोली लागि घाइते भएका वसन्त पौडेलको मृत्यु भएको छ ।
लुम्बिनी अञ्चल अस्पतालले पौडेलको मृत्यु भएको पुष्टि गरेको हो ।
३५ वर्षीय पौडेल फर्निचर व्यवसायी हुन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्ति बजाजको डिस्कभर मोटरसाइकल चढेको र गोली प्रहारपछि रोहिणी खोलातर्फ भागेको स्थानीयले बताएका छन् ।
दीपक ज्ञवाली, बुटवल
यो पनि पढ्नुहोस् ।
रुपन्देहीमा गोली चल्यो, एक घाइते