भरतपुर महानगरपालिकाको तीन अर्ब बजेट प्रस्ताव
भरतपुर महानगरपालिकाको प्रथम नगरसभा रु तीन अर्बको बजेट प्रस्ताव गर्दै भोलि, २१ पुसदेखि शुरु हुने भएको छ ।
नगरसभाको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।
सभाले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने मेयर रेणु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए ।
महानगरले केन्द्र र प्रदेशसँग सहकार्य गरी रिङरोड र लिङ्क रोड यसैवर्षबाट शुरु गर्नेछ ।
नगरसभामा सिटी हल, बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्स चोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ । रासस