नेपाल श्रमिक आपूर्तिकर्ता संघको गठन
श्रमिक व्यवसायमा काम गर्दै आएका व्यवसायीहरुको हकहित संरक्षणको उद्देश्य सहित नेपाल श्रमिक आपूर्तिकर्ता संघको गठन भएको छ ।
आज राजधानीमा आयोजित एक समारोहकाबीच श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले संघको उद्घाटन गरेका हुन् ।
श्रम क्षेत्रको विकास, नीजिस्तरको सुरक्षा र श्रमिक आपूर्तिको क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन संघले काम गर्ने अध्यक्ष रामेश्वर शाहले जानकारी दिए ।
श्रम आपूर्ति सम्बन्धी व्यवस्था गरेर पहिलो पटक नेपाल सरकारले हालै जारी गरेको श्रम ऐन २०७४ को संघले स्वागत गरेको छ । तर, श्रम नियमावलीको प्रस्तावित मस्यौदामा आपूर्तिकर्ता संघले असहमति जनाएको छ । उक्त मस्यौदालाई थप छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्नुपर्ने संघले धारणा राखेको छ ।
त्यसैगरी संघले ट्रेड यूनियन, रोजगारदाता, सरकार लगायत सबैसँग मिलेर अगाडि बढ्ने जनाएको छ ।