बाराका ४० प्रतिशत बालबालिकामा कुपोषण
जिल्ला जनस्वास्थ्य कार्यालय बाराले ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताएको छ ।
आज आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले बाराका ४० प्रतिशत बालबालिका कुपोषणको शिकार भएको बताएका हुन् ।
कुपोषणको रोकथाम र उपचारका लागि जिल्लाको १८ स्थानमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जयसवालले बताए ।
उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ । रासस