प्रदेश राजधानीको खाका तयार
सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको हो ।
मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी राजधानीको खाका तयार गरिएको जानकारी दिए ।
जसअनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुर ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को अस्थायी राजधानीको रूपमा धनगढीलाई प्रस्ताव गरिएको छ ।
अस्थायी राजधानीको खाका तयार पार्नुअघि शहरी विकास मन्त्रालयले सात प्रदेशमै स्थलगत अध्ययन गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले प्रस्तावित ठाउँलाई अस्थायी राजधानी तोक्नेछ ।
अस्थायी रुपमा तोकिएका राजधानीलाई प्रदेश सरकारले हेरफेर गर्न सक्नेछ । रासस