सुनसरीलाई फाल्गुनन्द गोल्डकपको उपाधि
प्रतिस्पर्धी मोरङ ११ लाई ०–२ गोल अन्तरले पराजित गर्दै सुनसरी ११ ले पाँचथरको फिदिमममा आयोजित नबौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।
फिदिम माविको खेल मैदानमा आज सम्पन्न फाइनल प्रतियोगिताको मध्यान्तरसम्म गोल रहित बरावरीमा खेलेको सुनसरीले मध्यान्तर पछिको २२ औं मिनेटमा एक गोलले अग्रता लियो । सुनसरीका तिर्थ बस्नेतले पहिलो गोल गरेका थिए । त्यसको १९ मिनेट पछि सुनसरीका हेमन्त थापाले थप एक गोल गर्दै आफ्नो टिमलाई उपाधी दिलाए ।
फाल्गुनन्द गोल्डकपको बिजेता सुनसरीले रु ३ लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै उप बिजेता मोरङले २ लाख पुरस्कार प्राप्त गरेको छ ।
सुनसरीका हेमन्त थापालाई मेन अफ दि टुर्नामेन्टको उपाधि सहित रु ३५ हजारले पुरस्कृत गरियो ।
सुनसरीकै तिर्थ वस्नेतलाई हाइ स्कोरर, सुनसरीका विकास चौधरीलाई वेष्ट गोलकिपर, मोरङका सुरेन्द्र खबावसलाई वेष्ट डिफेन्स, सुनसरीकै बुद्धिमान राईलाई वेष्ट मिड फिल्डर र सुनसरीकै निबान लिम्वूलाई बेष्ट फरवार्डको उपाधी सहित जनही रु १० हजार दिएर पुरस्कृत गरियो ।
समापन समारोहमा आयोजक फिदिम स्पोर्टिङ क्ल्वले नेपाकै एकमात्र फिफा रेफ्री लव खत्रीलाई सम्मान गरेको छ ।
यस्तै क्लवले हरेकवर्ष उपलव्ध गराँउदै आएको प्रजापति नेपाल पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार गणेश साम्पाङलाई दिएको छ ।
लक्ष्मी गौतम, पाँचथर