महिला राष्ट्रिय भलिबलमा एपीएफफ बन्यो च्याम्पियन
महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफफ) सहजै च्याम्पियन बनेको छ ।
प्रतियोगिताको फाइनलमा सँधैको प्रतिद्वन्द्वी मध्यमाञ्चललाई सोझो सेटमै पराजित गरेर एपीएफ च्याम्पिन बनेको हो ।
प्रतियोगिताको फाइनलमा २५–१८, २५–१४ र २५–१० को सोझो सेटमा एपीएफफले मध्यमाञ्चललाई हराएको थियो ।
पोखरामा ११ पुसदेखि जारी २१ औँ महिला तथा ३१ औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामध्ये महिलतर्फको फाइनल भइसकेको छ भने पुरुषतर्फको पनि आजै हुँदैछ ।
प्रतियोगितामा ८ टिम सहभागी भएका थिए ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको संयोजन राष्ट्रिय खेलकुद परिषदले गरेको छ भने व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले गरेको हो ।
युवराज श्रेष्ठ, पोखरा