डिफेन्डिङ च्याम्पियन झापा सेमी फाइनलवाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन झापा ११ लाई सडेन डेथमा १–० ले हराउँदै मोरङ ११ फिदिमममा जारी नवौं फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
खेल शुरु भएको २५ औं मिनेटमा झापाका कर्ण लिम्बूले १ गोल गरेर आफ्नो टिमलाई अगाडी बढाए पनि मध्यान्तर पछिको ३७ औं मिनेटमा झापाका अशोक खवासले जवाफी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा पनि दुबै टिमले बराबर ५–५ गोल गरेपछि सडेन डेथ टाइममा आशिष चापागार्इँले गरेको प्रहार मोरङका गोलकिपरले रोकिदिएपछि झापा सेमी फाइनलवाट बाहिरिन पुगेको हो ।
फाइनल खेल आइतवार, १६ पुसमा मोरङ ११ र सुनसरी ११ बीच हुनेछ ।
पुष ७ देखि शुरु भएको खेलमा नेपाल र भारतका ए डिभिजन क्लव सहित १० टिम सहभागि थिए ।
लावतीलाई सम्मान
यसैबीच पाँचथरमा जन्मेर खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै आयोजक फिदिम स्पोर्टिङ क्लवले पूर्व फुटवल खेलाडी गणेश लावतीलाई यामाहा मोटरसाइकल र ताम्रपत्र दिएर सम्मान गरेको छ ।
पाँचथरको यासोकमा जन्मेका लावतीले यसअघि एपीएफ फुटबल क्लवको कप्तानको भूमिका समेत निर्बाह गरिसकेका छन् ।
लक्ष्मी गौतम