पर्साः सात जुवाडे पक्राउ
वीरगञ्ज उपमहानगरपालिका– ९ बाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
वीरगञ्ज– ९ का ६२ वर्षीय ब्रम्हदेव चौधरी, ३३ वर्षीय अरूण जयसवाल, ४३ वर्षीय अशोक मित्तल, ४३ वर्षीय रमेशकुमार साह, ३६ वर्षीय विनोद अग्रवाल, २७ वर्षीय पिन्टु अग्रवाल, वडा नम्बर १ का ५२ वर्षीय भगत साहलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक जोशीका अनुसार जुवाको खालबाट रु. ३२ हजार र तीन बुङ तास बरामद गरिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अखेटोपहार र लागू औषध
त्यस्तै प्रहरीले जरायोको सिङ सहित एक जना भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
वीरगञ्ज–१० बाट एक थान जरायोको सिङ सहित भारतको राजस्थानका ६० वर्षीय सन्नी तिवारी पक्राउ परेका हुन् ।
त्यसैगरी मनोद्दिपक औषधि ‘लोराजेपाम’ सहित चितवनका ५५ वर्षीय जित बहादुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीबाट लोराजेपाम ट्याब्लेट १२ सय थान बरामद भएको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज