कालिकोट र दैलेखमा इन्भेष्टमेण्ट ब्यांक
नेपाल इन्भेष्टमेण्ट ब्यांंक लिमिटेडले कालिकोटको नाग्मा र दैलेखको डाबमा शाखा विस्तार गरेको छ ।
ब्यांकले यसअघि एक्स्टेन्सन काउन्टरको रुपमा रहेका दुबै काउन्टरलाई शाखामा रुपान्तरण गरेको हो ।
यी दुई शाखासहित प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट ब्यांकका चारवटा शाखा पुगेका छन् ।
कालिकोटको नाग्मा र दैलेखको डाबमा अहिलेसम्म अन्य कुनै पनि वाणिज्य बैंकहरुको शाखा छैन ।
दुबै शाखाबाट सहुलियत ऋण उपलब्ध गराई साना र मझौला उद्योग तथा कृषिलाई प्रोत्साहन गर्ने ब्यांकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट ब्यांकको हालसम्म ६३ वटा शाखा र ९७ वटा एटीएम काउन्टर छन् ।