बाल्ट्राको नयाँ गिजर बजारमा
बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका नयाँ ग्याँस तथा इलेक्ट्रोनिक गिजरहरु बजारमा ल्याएको छ ।
बाल्ट्राले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका इलेक्ट्रोनिक गिजरहरु बजारमा ल्याएको हो ।
नयाँ ग्याँस तथा इलेक्ट्रोनिक गिजरमा ठूलो एलसीडी तापक्रम डिस्प्लेका साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ को प्रयोग गरिएको छ ।
सुरक्षित, थर्मो स्टाट, ग्लास लाइन, कोटिङ्ग प्रविधि, तापक्रम डिस्प्ले लगायतका विशेषता रहेको ग्याँस तथा इलेक्ट्रोनिक गिजरहरु १ देखि ५० लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
बाल्ट्रा होम एप्लाइन्सेस्ले १० वर्षदेखि नेपाली उपभोक्ताहरुमाझ इलेक्ट्रोनिक तथा घरेलु सामानहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।