जग्गा विवादमा गोली चल्यो
जग्गा सम्बन्धीको विवादले झगडाको रुप लिएपछि रौतहटको गरुडा नगरपालिका–८ जिंगडियामा गोली चलेको छ ।
१० पुसमा जिंगडियाका हरिकिशोर ठाकुरले अमिन ल्याएर खेतको सिमाना छुट्याउँन खोज्दा विवाद भएको हो । आफू नभएको मौकामा खेत हडप्न खोजेको भन्दै उनका छिमेकी अतिउल्लाहकले विवाद गरेपछि झगडा भएको थियो ।
झगडा बढ्दै जादा दुवै पक्षले ढुङ्गा हानाहान गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रमा लिन दुई राउण्ड हवाई फायर गरेको ईलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले बताए ।
दुवै जनालाई नियन्त्रणमा लिएपनि गाउँमै झगडा मिलाउने सहमति गरेपछि छोडिएको प्रहरीले जनाएको छ ।
-सञ्जय मित्र, रौतहट