सशस्त्रका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ ।
सशस्त्र प्रहरीले नेशनल इन्स्योरेन्ससँगको सहकार्यमा एपीएफका गोताखोरहरुको बीमा गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक पुष्पराम केसी र नेशनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले गोताखोरहरुलाई बीमा पोलिसी हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले बीमाले गोताखोरहरुको हौसला र मनोविज्ञानमा सकारात्मक प्रभाव पार्ने बताए ।
सशस्त्र प्रहरीले नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको लागि प्रति व्यक्ति दुई लाख रुपैयाँको दरले निःशुल्क दुर्घटना बीमा गरेको छ ।