प्रकृति संरक्षण कोषले प्रवेश शुल्कमा मूल्य अभिवृद्धि कर लिने
राष्ट्रिय प्रकृति संरक्षण कोषले पर्यटक प्रवेश शुल्कमा मूल्य अभिवृद्धि कर लगाउन थालेको छ ।
कोषले मातहतका अन्नपूर्ण, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रलाई ८ पुसदेखि प्रवेश शुल्कमा मूल्य अभिवृद्धि कर उठाउन भनेको हो ।
कोष अन्तर्गतका संरक्षण क्षेत्रहरुमा ‘संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को अनुसूची १ मा उल्लेख भएअनुसारका दस्तुरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप गरी संकलन गर्न’ भनिएको छ ।
अन्नपूर्ण क्षेत्र प्रवेश गर्ने विदेशी नागरिकले हालसम्म रु २ हजार प्रवेश शुल्क तिर्नुपर्दथ्यो । अब अन्नपूर्ण क्षेत्र प्रवेश गर्दा मूल्य अभिवृद्धि कर सहित विदेशी नागरिक रु २ हजार २६० तिर्नुपर्ने एक्यापका पर्यटन अधिकृत रश्मी आचार्यले जानकारी दिइन् ।
युवराज श्रेष्ठ, पोखरा